गलकोट माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा फम बहादुर खत्रीलाइ चयन गरिएको छ ।
बिद्यालयमा बसेको बैठकले पदेन सदस्य फम बहादुर खत्रीलाई सर्वसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ। कार्यक्रममा नवनिर्वाचित बिद्यालय व्यवस्थापन समिति अध्यक्ष फम बहादुर खत्रीले पदभार ग्रहण गर्दै बिद्यालयको भौतिक, शैक्षिक र आर्थिक विकास गर्ने कुरामा जोड दिनुभएको थियो । खत्रीले त्रिभुवन विश्व बिद्यालयबाट शिक्षा शास्त्र संकायमा इस्नाउत्कोर गर्नु भएको छ।
बैठक बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य बेल बहादुर बोहोराको अध्यक्षता र बिद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

