गएरातीदेखीको लगातार वर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर १ को झाँक्रिस्थान र गलकोट नगरपालिका वडा नम्वर ९ को छिसदरबारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा गलकोटदेखी बागलुङ, पोखरा, काठमाडौँ जाने, आउने यात्रुहरु, काठमाडौँबाट बुर्तिबाङ, रुकुम लगायतका स्थान, गलकोटबाट बुटवल जाने मानिसहरु अलपत्र परेका छन् । लोकामार्ग अहिले खुलाउने प्रयास भईरहेको जनाईएको छ ।
त्यस्तै गलकोट नगरपालिका वडा नम्वर १ को भण्डारवन, पेरीबाङ सडक, वडा नम्वर ४ को सल्याङ सुखौरा जाने सडक, वडा नम्वर ४ को नुवाकोटमा पहिरो जाँदा ३ घर उच्च जोखिम, वडा नम्वर ६ को चरौँदी, नेपाने, भुजुङ्गे सडक अवरुद्ध, वडा नम्वर ६ कै दरमखोला एग्रिकल्चर लाईभस्टक फर्ममा भल पसी क्षती पुगेको, वडा नम्वर ७ मल्म हुँदै पाण्डवखानी रमुवा जोड्ने सडक अवरुद्ध भएको वडाअध्यक्षहरुले जनाएका छन् । त्यस्तै गलकोट नगरपालिका वडा नम्वर १० का पाण्डबखानीमा रहेको सञ्चार, वडा नम्वर १० कै माउखोला जलविद्युत् परियोजना समेत अवरुद्ध भएको जनाईएको छ । त्यस्तै ताराखोला गाउँपालिका वडा नम्वर ३ को निर्माणाधिन हाईड्रोपावरमाथी, साँदी, वडा नम्वर ४ को दलानचौरमा पहिरो जाँदा गलकोटदेखी ताराखोला जाने मोटरबाटो अवरुद्ध भएको छ ।

