शोभा जेसी/रुपन्देही
रुपन्देही जिल्लाको ओमसतीया गाउँपालिका स्थानीय विवाद समाधानको क्षेत्रमा एक उदाहरणीय सफलता हासिल गर्न सफल भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका ६२ वटा विवादहरूमध्ये ४६ वटा (७४.१९%) विवाद सफलतापूर्वक समाधान गर्दै गाउँपालिकाले न्यायिक क्षेत्रमै अग्रणी उपस्थिति जनाउन थालेको छ।
उक्त मुद्दामध्ये ३५ वटा न्यायिक समितिबाट र ११ वटा मेलमिलापकर्ताबाट निष्पादन भएका हुन्। यस्तो प्रभावकारी निष्पादनलाई स्थानीय स्तरमै न्यायको पहुँच स्थापित गर्ने सफल अभ्यासको रूपमा हेरिएको छ।

