शोभा जेसी/रुपन्देही
लुम्बिनी प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयले नयाँ नेतृत्व पाएको छ। लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि औपचारिक रूपमा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
शपथग्रहण समारोह बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको थियो जहाँ मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, अन्य मन्त्रीहरू र उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रह्यो।
मुख्यमन्त्री आचार्यले साउन ११ गते मन्त्रीपरिषद् विस्तार गर्दै सो खाली रहेको मन्त्रालयको जिम्मेवारी सन्तोषकुमार पाण्डेलाई दिएका हुन्। उनको नियुक्तिसँगै लुम्बिनीको युवासम्बन्धी र खेलकुद क्षेत्रको नेतृत्वलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

