ओमसरा घर्ति/काठमाडौं
“स्थानीय कला र संस्कृतिको संरक्षण गरौँ” भन्ने नाराका साथ रोल्पा माडी समाज दाङको भेटघाट तथा भेला कार्यक्रम तुलसीपुरस्थित पुरानो यातायात कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमले समाजभित्र आपसी एकता, सहयोग, र सांस्कृतिक चेतनाको विकासमा जोड दिएको छ ।भेलामा करिब १०० जना सहभागिता जनाएका थिए। छलफलमा स्थानीय कला, सांस्कृतिक संरक्षण, सामाजिक सद्भाव र संगठनात्मक सुदृढीकरणका विषयहरू प्राथमिकताका साथ प्रस्तुत गरिएका थिए।
कार्यक्रममा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित समिति चयन भएको जसमा अध्यक्ष: कमानसिं घर्ती, उपाध्यक्षहरू, कर्णबहादुर डाँगी, हिरासिं बुढा, मानबहादुर घर्ती , सचिव बलसिं घर्ती मगर, सह–सचिव, सन्तोष नेपाली र कोषाध्यक्ष सुन कुमारी बुढा रहेका छन् । सशक्त समाज निर्माणको प्रतिबद्धता नव–निर्वाचित अध्यक्ष कमानसिं घर्तीले समाजलाई सशक्त, संगठित र उद्देश्यपूर्ण ढंगमा अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहकार्य आवश्यक रहेको धारणा राखे। कार्यक्रममा समाजका पूर्वपदाधिकारी, स्थानीय प्रतिनिधि, समाजसेवी र राजनीतिक व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको बारेमा जानकारी दिंदै समाजका सचिव बलसिं घर्ती मगरले यो भेला समाजभित्र नयाँ ऊर्जा, नेतृत्व र सांस्कृतिक चेतनाको पुनर्जागरणको प्रतीक भएको बताए।

