गल्कोट नगरपालिका ५ हरीचौरस्थित इलाका प्रहरी कार्यालय गल्कोट परिसरमा नव निर्मित दुर्गा भवानी कालिका भगवती मन्दिरको भदौ १२ गते एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
उट्घाटन कार्यक्रममा बोलदै प्रमुख अथिति समेत रहनु भएका जिल्ला अदालत बागलुङका माननीय जिल्ला न्यायाधीश रमेशकुमार शर्माले मन्दिर केवल धार्मिक आस्था र पूजाआजाको केन्द्र मात्र होइन, यो नैतिकता, सद्भाव र अनुशासनको प्रतीक पनि हो। इलाका प्रहरी कार्यालयले समाज र सुरक्षाको जिम्मेवारी वहन गर्दै यस्तो धार्मिक स्थल निर्माण गर्नु प्रशंसनीय कार्य हो। यसले प्रहरी र समुदायबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने बताउनु भयो
कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत बागलुङका माननीय जिल्ला न्यायाधीश रमेशकुमार शर्मा उपस्थित रहेका थिए। उनले धार्मिक स्थलले समाजमा आस्था, शान्ति र एकता फैलाउने भन्दै प्रहरी परिसरभित्र बनेको मन्दिरले सुरक्षाकर्मी र सर्वसाधारणबीच सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उक्त उद्घाटन समारोह प्रहरी नायब निरीक्षक विष्णु प्रसादको सञ्चालन, इलाका प्रहरी प्रमुख देवराज काफ्लेको अध्यक्षता र प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो।
सो अवसरमा राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष टंक केसी, वडा नं. ६ का अध्यक्ष रामप्रसाद कँडेल, उद्योग वाणिज्य संघ गल्कोट अध्यक्ष ढालेन्द्र गौतम, शहीद थिरबम मल्ल फाउन्डेसन अध्यक्ष मन्जेस बम मल्ल तथा गल्कोट नगरपालिकाका कार्यबाहक मेयर फमलाल निउरे लगाएतले मन्तव्य राखेका थिए।
कार्यक्रममा जनवादी गायक जीवन शर्माले सांगीतिक प्रस्तुति दिएका थिए भने मन्दिर निर्माणमा सहयोग गर्ने गल्कोट नगरपालिका लगायत विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका प्रमुख, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी, समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको इलाका प्रहरी कार्यालय गल्कोटले जनाएको छ।

