बागलुङको जैमिनी–१० राङखानी नाम्दुकमा आज एक पिकअप जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
बागलुङ बजारबाट बरेङ गाउँपालिका–१ बास्कोटतर्फ जाँदै गरेको ग १ ज ७४८० नम्बरको पिकअप जीप घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा पिकअप चालक बरेङ गाउँपालिका–१ का रवि थापा, सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन महानगरपालिका–२६ की ज्योती मगर घाइते भएका छन्।
दुर्घटनाग्रस्त जीपमा ९ जना सवार रहेका थिए। घाइतेहरूको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

