गलकोट नगरपालिका वडा नम्बर ३ हटिया लोकतन्त्र चोकमा आज बिहान एक घरमा आगलागी भएको छ । बिहान करिब ७ बजे हटिया निवासी गोकुल खड्काको घरमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा ल्याउनका लागि प्रहरी र स्थानीय बासिन्दाले प्रयास जारी राखेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
प्रहरीका अनुसार घटनास्थलमा दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
थप जानकारी आउँदैछ…

