बागलुङ — सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने र नेता टेक पुन मगरप्रति युवाहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। हालै फेसबुकमा एक प्रयोगकर्ताले गरेको पोष्टले पार्टी नेतृत्वप्रति युवापुस्ताको भरोसा र समर्थन झनै खुला रूपमा अभिव्यक्त भएको छ।
उक्त पोष्टमा अध्यक्ष रवि लामिछानेलाई ‘भ्रष्टाचार अन्त्यका लागि उदाएका व्यक्ति’ भन्दै उनको नेतृत्वलाई परिवर्तनको मुख्य आधारका रूपमा उल्लेख गरिएको छ। युवापुस्ताले उनलाई ‘असली जेन्जी नेता’ का रूपमा अघि सारेको जनाइएको छ। पोष्टमा लामिछानेको पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति केन्द्रित कार्यशैलीले नयाँ राजनीतिक संस्कार निर्माण गर्न सहयोग पु¥याएको दाबी गरिएको छ।
त्यसैगरी रास्वपा नेता टेक पुन मगरको नेतृत्व क्षमता, सक्रियता र पार्टीको आन्तरिक भूमिकाबारे समेत सकारात्मक टिप्पणी गरिएको छ। पार्टीले अघि सारिरहेको नयाँ सोच र नयाँ पुस्तालाई अग्रिम प्राथमिकतामा राखेको राजनीति युवाहरूले स्वागत गरिरहेको पोष्टमा उल्लेख छ।
पोष्टमा भनिएको छ, “परिवर्तनका लागि, भ्रष्टाचार अन्त्यका लागि र आशाको ज्योति बाल्न सबै युवाले एकजुट भएर अघि बढ्नुपर्छ। नयाँ नेपालको निर्माण हाम्रो हातमा छ।”
विशेषगरी सामाजिक सञ्जालमा रास्वपाप्रति युवाहरूको आकर्षण बढिरहेको विश्लेषकहरूको समेत भनाइ छ। सुशासन, पारदर्शिता र परम्परागत राजनीतिक शैलीको विकल्पका रूपमा रास्वपाको अभियान युवामाझ लोकप्रिय बन्दै गएको जनाइएको छ।

