बागलुङ नगरपालिका–८ सिगानामा आज बरेङबाट बागलुङतर्फ आउँदै गरेको पिक–अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बरेङबाट बागलुङ बजारतर्फ गइरहेको ग ३ च ४८३४ नम्बरको जीप सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का गम्भीर घाइते भएको प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिएका छन्।
अन्य घाइतेहरूमा
- सावित्रि भण्डारी
- विस्मिता भण्डारी
- सपना भण्डारी
- निसा भण्डारी
- चन्द्र भण्डारी
- झुमा भण्डारी
रहेका छन्।
सबै घाइतेलाई धौलागिरी अस्पताल, बागलुङमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ।

