प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं ।
भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा १ दिने आँखा स्वास्थ्य तालिम सम्पन्न भएको छ।
नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखरा धवलागिरी आँखा अस्पताल, बागलुङको आयोजना, महिला जागरण केन्द्र गलकोट नगरपालिका १० पाण्डबखानीको सह-आयोजना र आइ केयर फाउन्डेसनको आर्थिक सहयोगमा स्वास्थ्यकर्मी तथा महिला समूह लगायत अन्य समुहका लागि १ दिने आँखा स्वास्थ्य तालिम संचालन गरिएको आयोजकले जनाएको छ ।
महिला जागरण केन्द्र पाण्डबखानीकी अध्यक्ष राधिका पुनको अध्यक्षता गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाको प्रमुख आथितियतामा निवर्तमान वडा अध्यक्ष तिलक घर्ती,गलकोट नगरकार्य पालिका सदस्य रामप्रसाद वि.क, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, नेपाल नेत्रज्योति संघ बागलुङका सभापति विन्दु सागर भण्डारी, गलकोट आँखा उपचार केन्द्रका संयोजक नारायण ध्वज मल्ल, हिमालयन आँखा अस्पताल पोखराका तालिम संयोजक, गोविन्द नाथ योगी, धवलागिरी आँखा अस्पताल बागलुङका अस्पताल व्यवस्थापक विनम लामिछाने, हिमालय आँखा अस्पताल पोखराका कर्मचारी दिपक मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको पाण्डबखानी स्वास्थ्य चौकिकि स्वास्थ्य स्वयंसेविका थममाया काउचाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव चन्द्रकुमारी श्रीस आशाले गर्नु भएको थियो । करिब ७० जना सहभागीता रहेको तालिममा सहभागी सबैलाइ प्रमाणपत्र सहित तालिम भत्ता रु. ५०० को दरले रकम हस्तान्तरण संगै तालिममा हिमालयन आँखा अस्पताल पोखराका तालिम संयोजकले गोविन्द नाथ योगीले प्रशिक्षण गर्नुभएको थियो ।

