आगामी प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेस बागलुङ–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा युवा नेता देबेन्द्र कुमार घर्ती मगर सिफारिस भएका छन्। यो सिफारिससँगै स्थानीय तहका नेता तथा कार्यकर्ताहरूबाट उनलाई बधाई तथा शुभकामनाका संदेशहरू आउन थालेका छन्।
त्यस्तै नेपाल प्रेस युनियन बागलुङ जिल्ला सदस्य सुरेश छन्त्यालले देबेन्द्र कुमार घर्ती मगरप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी यात्रामा सफलताको कामना गरेका छन्। उनले भने, “देश, समाज र विकासप्रतिको उहाँको समर्पणले आगामी यात्रामा सफलताको नयाँ आयाम स्थापित गरोस्।”
युवा, इमानदार र विकासमुखी नेतृत्वका रूपमा पहिचान बनाउँदै आएका घर्ती मगरको सिफारिसले बागलुङ–२ मा चुनावी सरगर्मी थपिएको छ। स्थानीयवासीहरूले समेत नयाँ पुस्ताको नेतृत्व उदाउनु सकारात्मक संकेत भएको टिप्पणी गरेका छन्।

