फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ।
त्यसैगरी समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभाका लागि २ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले तलका व्यक्तिहरूलाई सिफारिस गरेको हो। प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएका १० जनामा किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्य
त्यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका ७ जनामध्ये पदम बहादुर पुन, पार्वती आचार्य, डा. राम बहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेर बहादुर विश्वकर्मा, र हरिप्रसाद श्रेष्ठ र राष्ट्रिय सभातर्फ (माघ ११) सिफारिस भएका २ जना रहेछका छन् जसमा इन्द्रराज पौडेल र विष्णु पौडेल (दारी) क्षेत्रीय सभापति पौडेलका अनुसार, क्षेत्रीय कार्यसमितिको सिफारिस जिल्ला कार्यसमितिमा पठाइनेछ र जिल्लाले सोही सिफारिस केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइनेछ।

