राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला विस्तारित बैठक गलकोटमा सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका संगठन विभाग गण्डकी प्रदेश प्रमुख तथा केन्द्रीय सदस्य झबिलाल डुम्रेले नजिकिँदै गरेको चुनावी माहोललाई मध्यनजर गर्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले पार्टीको चुनावी रणनीति र एजेन्डा आम नागरिकसम्म पुर्याउँदै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा पार्टीका गण्डकी प्रदेश उपसभापति मिना शर्मा आचार्य, बागलुङ जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, संगठन विभाग प्रमुख तथा प्रदेश सदस्य खिमानन्द पौडेल र पार्टी सदस्य खिमानन्द कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।
बैठकले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा रोशन कार्की र निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा ढालेन्द्र रायमाझीलाई तोकेको छ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति महेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गलकोट नगर सभापति राजेन्द्र पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सचिव बविन नेपालको सञ्चालन रहेको थियो।

