गलकोट नगरपालिका–१० पाण्डवखानी दुर्गम बस्ति रमुवा गाउमा पुगि आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत ५ योजनाको अनुगमन तथा सर्वे कार्य सम्पन्न भएको छ।
कार्यक्रममा करिब ३३ जनाको सहभागिता रहेको थियो। अभिमुखीकरण मार्फत चालु वर्षमा स्वीकृत योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले दिनुभयो। गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्राविधिक नेत्रप्रसाद लामिछाने, वडा नं. ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम वडा सदस्प कुमार पुनको अध्यक्षतामा सम्पन्न भएको थियो।

