राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्ने आदेश दिएको हो।
जिल्ला अदालत रुपन्देहीले आफ्नो भागको बिगो रकम दाखिला गर्दा पनि रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा थुनामुक्त हुन निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

