गलकोट नगरपालिका–१० पाण्डबखानीमा अवस्थित पाण्डबखानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ गठन तथा अभिभावक भेला सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ समाजसेवी मानसिंह छन्त्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा यसअघि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघमा रहेर योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।
नवगठित विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष तिलक घर्ती रहनुभएको छ भने सदस्यहरूमा शीतला पुन बराल, सुस्मा पुन, बैक, यदु कुमारी थापा, पृथ्वी बहादुर श्रीस, धनबहादुर थापा, भक्त बहादुर काउचा रहेका छन्। समितिको सदस्य–सचिवमा नरबहादुर सुनार चयन हुनुभएको छ।
त्यसैगरी, शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी काउचा चयन हुनुभएको छ। संघको सदस्यहरूमा कर्णकुमारी काउचा, ददिकला थापा नगरकोटी, तुलसी घर्ती, इन्द्र कुमारी सुनार र राजेश विक रहनुभएको छ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नवीन सुनारले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र अभिभावक–विद्यालय सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
🗓️ २०८२ माघ १८ आईतवार 🕝०१: ४८ मध्यान्ह

