गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोटको बैठक गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरमा सम्पन्न भएको छ।
बैठकले सदाका वर्षझैं यस वर्ष पनि प्रसिद्ध घुम्टेको लेकमा सञ्चालन हुँदै आएको लालिगुराँस उत्सव आगामि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म घुम्टे लेकमा अवस्थित सिद्ध भैरव मन्दिर परिसरमा आयोजना गर्ने निर्णय गरेको छ।उत्सवको अवसरमा लाखबत्ती प्रज्वलन समेत गरिने निर्णय भएको छ। सो कार्यका लागि इच्छुक व्यक्ति, संघ–संस्था तथा समूहलाई सहभागिताका लागि अनुरोध गर्ने र दीप प्रज्वलनको आवश्यक व्यवस्था आयोजक संस्थाले गर्ने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, लालिगुराँस उत्सव तथा लाखबत्ती प्रज्वलन कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ। झंक बहादुर बस्नेतको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन उपसमिति, ललिता थापाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति र शेर बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको संस्थाका सचिव शेर बहादुर थापाले जानकारी दिनुभयो। बैठक संस्थाका अध्यक्ष झंक बहादुर बस्नेतको अध्यक्षता तथा सचिव शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

