गलेकोट नगरपालिका १० पाण्डबखानी क्षेत्रमा आज श्री पञ्चमीको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन्। शिक्षा, संस्कार र सिर्जनशीलताको महत्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमहरूमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
न्यु घुम्टे एजुकेशनल एकेडेमी स्कुल, पाण्डबखानी माध्यमिक विद्यालय, नव ज्योति आधारभूत विद्यालय, फुर्से प्राथमिक विद्यालय तथा रमुवा आधारभूत विद्यालयका विद्यार्थीहरूले सरस्वती पूजा, सांस्कृतिक प्रस्तुति, कविता वाचन, नृत्य तथा विविध शैक्षिक गतिविधिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा सहयोगी निकायप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्।
🗓️ २०८२ माघ १८ आईतवार 🕝१०: ५४ बिहान

