गलकोट नगरपालिका १० पान्डबखानि मा रहेको पान्डबखानि स्वास्थ्य चौकीको आयोजनामा आज नियमित HPV (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घाटन वडा अध्यक्ष भक्त बहादुर काउचाले किशोरीहरूको स्वास्थ्य सुरक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै HPV खोप पाठेघरको मुखको क्यान्सरबाट जोगाउने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले लक्षित उमेर समूहका सबै किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिँदै अभिभावक तथा विद्यालय समुदायलाई सहयोग र सचेतना अभिवृद्धिका लागि आग्रह गर्नुभयो। अभियानअन्तर्गत १० जना किशोरीहरूले HPV खोप लगाएका छन्। खोप लगाइएका सबै विवरणहरू IEMIS मा अभिलेखीकरण गरिएको स्वास्थ्य चौकीले जनाएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार HPV खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले लक्षित उमेर समूहका किशोरीहरूलाई नियमित रूपमा खोप लगाउन अभिभावक तथा विद्यालय समुदायलाई आग्रह गरिएको छ।
अभियान शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।

