राजेन्द्र श्रेष्ठ
आसन्न प्रतिनिधि सभा निर्बाचन बागलुङ जिल्ला क्षेत्र न २बाममोर्चाको साझा उमेदवार ज्ञामनाथ गैरे अनिल लाई अत्याधिक बहुमत बिजय गराउनको लागि नेपाली कम्युनिस्ट पार्टी र रास्ट्रीय जनमोर्चाको युबा तथा बिद्यार्थीको सयुक्त बैठक गलकोट नगरपालिका ३हटियामा आज एक कार्यक्रमको बिच सप्पन्न भयको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कम्युनिस्ट पार्टिको केन्द्रिय सदस्य भवानी पन्तले बागलुङ क्षेत्र २को बामपन्थी आन्दोको केन्द्र भयको र बिगतमा लगातार २निर्बाचनमा पनि हाम्रो गठबन्धको बिजय भयको क्षेत्र हो यसपल्ट हाम्रो गलकोट क्षेत्रको युबा नेता जसले बागलुङ क्षेत्र न २ र समग्र देसको परिवर्तन र बिकासको लागि आफ्नो ज्यानको बाजि लगायर काम गरि देसको ब्यबस्था परिवर्तन गरेको अब अबस्था परिवर्तन गर्नको लागि तारा चिन्हमा मतदान गरि बिजय गराउनहुन अनुरोध गर्नुभयो।
कार्यमा बोल्दै रास्ट्रीय जनमोर्चा जिल्ला सल्लाहकार एबम मोर्चाको निर्बाचन परिचालन समितिको सहसयोजक टंक केसिले विभिन्न आन्दोलनबाट प्राप्त भयको उपलब्धि रक्षा गर्नको लागि प्रतिगमनलाइ प्रहास्त गरि अग्रगमनको बचाउन र अहिले देखियको अतिवाद विरुद्ध लडाइमा बिजय हुनको लागि बाम बाममोर्चाको बिजय हुनुपर्ने बताउनुभयको थियो।
कार्यक्रम नेपाली कम्युनिस्ट पार्टी गलकोट सयोजक गंगा भुजेल, नेपाली कम्युनिस्ट पार्टी गण्डकी प्रदेश सचिबालय सदस्य अर्जुन चोखाल , नेपाली कम्युनिस्ट पार्टी जिल्ला सयोजक प्रकाश घर्ती लागायतले आफ्नो मन्तब्य राख्नुभयको थियो ।
कार्यक्रममा तिलक पुन सयोजक र मनिस कडेंल सहसयोजकमा ३१सदस्यीय युबा बिद्यार्थी परिचालन समिति गठन गरियको थियो भने गलकोट नगरपालिकाको ११वटा वडामा युबा बिद्यार्थीहरुको वडा कमिटी सयोजक र सहसयोजकको जिम्मेवारी दिइयको थियो ।
कार्यक्रम गलकोट बहुमुखी क्याम्पसको स्वबियु सभापति प्रभात साहानीको अध्यक्षतामा अखिल नेपाल युबा संघ बागलुङ जिल्ला सदस्य मनिस कडेंलको स्वागत तथा वाइसीएल नेपाल गलकोट नगर अध्यक्ष तिलक पुनको सन्चालनमा सम्पन्न भयको थियो।

