नेपाली कांग्रेसको गलकोट नगरपालिका वडा नम्वर १० को बाईगाउँ टोल र लेङ्गुरे टोलमा चुनावी घरदैलो अभियान सम्पन्न भएको छ ।
आगामी फागु २१ गते हुन गईरहेको प्रतिनिधी सभाको चुनावमा बागलुङ जिल्ला क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार टेकराज पौडेललाई विजयी गराउनको लागि नेपाली कांग्रेसको गलकोट नगरपालिका वडा नम्वर १० को बाईगाउँ टोल र लेङ्गुरे टोलमा चुनावी घरदैलो अभियान सम्पन्न भएको हो ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दासंग प्रत्यक्ष भेटघाट गदैै पार्टीका नीति, कार्यक्रम तथा विकासका एजेण्डाबारे जानकारी गराईएको थियो । उक्त घरदैलो अभियानका क्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का सभापती तिलक घर्तीले नेपाली कांग्रेस सधैँ लोकतन्त्र, समावेशी विकास र जनअधिकारको पक्षमा उभिएको पार्टी भएको बताउनुभयो । उहाँले जनताको घरदैलोमा पुगेर उनिहरुको समस्या बुझ्न र समाधानको मार्ग तय गर्न आएको बताउँदै गलकोट १० को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार हाम्रो प्राथमिकतामा परेको बताउनुभएको थियो ।

