नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत गलकोट नगरपालिका–१० रमुवा गाउँमा आज चुनावी घरदैलो अभियान सम्पन्न भएको छ।
संविधानसभा सदस्य निरज पुन, नेपाली कांग्रेस प्रदेश (क) का सभापति तिलक घर्ति, जिल्ला सदस्य रामप्रसाद वि.क, तथा वडा समितिका सभापति दीप घर्तिको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो। घरदैलो अभियानका क्रममा नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेण्डा, विकासका योजना तथा आगामी रणनीतिबारे जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलक घर्तिले लोकतान्त्रिक मूल्य–मान्यता र समावेशी विकासलाई सुदृढ बनाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।रमुवा गाउँसहित गलकोट–१० को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा विशेष योजना ल्याइनेछ। जनताको साथ र विश्वासले मात्र समृद्ध गलकोट निर्माण सम्भव छ।”त्यसैगरी संविधानसभा सदस्य निरज पुनले लोकतन्त्रको रक्षा र स्थानीय आवश्यकता अनुसारको विकास नै पार्टीको प्राथमिकता रहेको उल्लेख गरे।
उनले भने, हामी जनताको घरदैलोमै पुगेर उहाँहरूका समस्या सुन्दैछौं। स्थानीय उत्पादनको प्रवर्द्धन, युवा रोजगारी र पूर्वाधार विकास हाम्रो मुख्य लक्ष्य हो।”कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित नेताहरूले जनताका गुनासा तथा सुझावलाई आगामी योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित नेताहरूले जनताका गुनासा तथा सुझावलाई आगामी योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०७: ०७ बिहान

