गलकाेट
गलकोट नगरपालिका वडा नम्वर ९ बडागाउँमा युवकको शव फेला परेको छ ।
गलकोट नगरपालिका वडा नम्वर ९ का २४ वर्षिय नविन गौतमको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । मृतक गौतम हिड्ने क्रममा चिप्लियर घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
बुधवार बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीको टोली घटना स्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।