मालढुंगा कटेसी घुम्ती घुम्ती रोड
आहा क्या राम्रो बाग्लुङ पञ्चकोट,
बाग्लुङ नगरपालिका– ६ मा रहेको गन्तव्य बाग्लुङ पञ्चकोट आन्तरिक पर्यटक माझ प्रख्यात बनिरहेको छ। बाग्लुङ बजारदेखि ८ किलोमिटर उकालो चढेर पञ्चकोट पुग्न सकिन्छ ।
गुरुडसँगै बनेको मूर्ती र गण्डकी माताको मन्दिर यहाँको मुख्य आकर्षण हो । हनुमानको मुर्ती, कलश, सिसमहल, कलात्मक शैलीमा बनेको विभिन्न मन्दिर र ध्यान गुफाले पनि पर्यटक लोभ्याउँछ ।
२०७१ सालदेखि निर्माण सुरू भएको पञ्चकोटले धार्मिक मात्रै नभएर प्रकृतिसँग रम्न चाहाने पर्यटकलाई लोभ्याउँदैछ। बाग्लुङ, पर्वत, म्याग्दीसँगै कास्की, स्याङ्जा र चितवनका पर्यटक बढी पुग्ने गरेका छन् ।
यहाँबाट धौलागिरी, निलगिरी लगायत दर्जन हिमाल देख्न सकिन्छ । कालिगण्डकी माता र बाग्लुङ, पर्वत र म्याग्दीको रमणीय दृश्य हेर्न पाइन्छ ।
तस्विरहरु






