जगिन्द्र बि क(बसन्त/ताराखोला
जिल्लाको ताराखोला गाउँपालिका वडा न २ सिलेका जित बहादुर वि.क.को रुस र युक्रेन को युद्धमा परि घाईते भएको र उपचारको क्रममा मृत्यु भएको छ ।
फेब्रुअरी ३ तारीक नेपालको माघ २० गतेका दिन युद्धमा घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जानकारी आएको पारिवारिक स्रोतले बताएका छन । फागुन ७ गते मुत्यु भएको जानकारी मेनपावर बाट वि.क.को भाई फम बहादुर वि.क लाई मेन पावरका प्रतिनिधिले जानकारी दिएको बताउनु भएको छ ।
उनी नेपालबाट २०८० असोज महिना ११ गते रुस गएका थिए उनी रुसको शैनिक भई युद्धमा सहभागीता भएको बताईएको छ । लास नेपाल नआउने अवस्था बुझेपछी परिवारले नेपालमै सामाजिक संस्कार अनुसार ताराखोला गाउँपालिका १ को मस्र्याङडी खोलामा संस्कारिक विधि बिधान अनुसार कार्य गरि काजकिरिया शुरु गरिएको गाउँपालिकाको अध्यक्ष धन बहादुर वि.कको स्वाकिय सचिव सन बहादुर वि.कले जानकारी दिनु भएको छ । लामो समय वैदेशिक रोजगारिी गरेर घर फर्की गाउँमा गाडी चालकको रुपमा काम गदै आउनु भएका सुनारले पुनह वैदेशिक रोजगारिको लागि रुस भएका हुन् ।उनी रुस गएको ५ महिना वित्न लाग्दा उनको निधन भएको खबरले स्तब्ध बनाएको छ ।सुनारको परिवारमा श्रीमती २ छोरी १ छोराहरु रहेका छन् ।