मगर समुदायले मंगलबार १४७ औं लखन थापा मगर स्मृति दिवस तथा ४२औँ मगर दिवस मनाउँदैछ। नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा आज विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। फागुन १५ गते देश तथा विदेशमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन्।
स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको र्याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ।