सम्पादकीय
घुम्टे प्रसारण मिडियाद्धारा सञ्चालित घुम्टे खबर डटकम गलकोट नगरपालिका १० पाण्डबखानी बागलुका जागरुक युवाहरुले संचालन गरेको एउटा यो घुम्टे खबर डटकम अनलाइन मन पराउनेहरुको एउटा साझा संस्था हो । सानो र सागुरो घेरा भित्र भएतापनि यसले ग्रामिण परिवेशमा रहेका युवा वर्गमा अनलाइनप्रति मोह जगाइ उनीहरु भित्र रहेका प्रतिभाहरुलाइ समाजको अगाडि प्रस्फुटन गराउने उदेश्यले लिएको छ । अनलाइनप्रति गहिरो अभिरुचि राख्ने कुनै न कुनै तहका वर्गबाट देखाइने जागरुकता प्रति भावनात्मक रुपले सम्बन्ध कायम राख्दै छिटफुट चल्ने अनलाइन खबर गतिविधिलाइ संस्थागतको विकास गरी अनलाइन क्षेत्रबाट समाज परिवर्तनको आन्दोलनमा सक्दो योगदान पु्याउन सकियोस् भन्ने मुल उदेश्य हो ।
हामी सबैलाई थाहा छ, अहिले हामी जुन वर्तमानमा बाचेका छौं यो कहाली लाग्दो अवस्थाबाट गुर्जिरहेको छ र यसको प्रभाव ग्रामिण क्षेत्रमा प्रत्यक्ष रुपमा परेको छ । एक हिसाबले भन्ने हो भने देश कङ्गगाल भइरहेको छ । यस्तो विषम परिस्थितमा हामीले जुन कदम चालेका छौ यो आफैमा कठिन काम त छदै छ यसमाथि गम्भिर चुनौतीहरु हाम्र अगाडि अझ बढी छन् । हामी जुन परिस्थितमा हाम्रो यात्रा आरम्भ गरेका छौ । यसलाई निरन्तरता दिन विभिन्न बाधा व्यवधान र कठिनाईका बावजुद पनि उत्साहित अनलाईन अनुरागीहरुको भावनात्मक मेलबाट द्धारा संकल्पिक भएको छ । आर्थिक द्धारा अवस्था सामाजिक विषय परिस्थि दक्ष जनशक्तिmको अभाव जस्ता प्रतिकुल अवस्थामा पनि हामीले जुन कदम लालेका छौ ।
यसले भोलिको सुन्दर विहानीमा सिर्जनाका हजारौं फुलहरु फलाउन सक्ने महसुस गरेका छौ । हामी अहिले जुन ठाउँमा उभिएका छौं यो जागरुक साथीहरुको अठक सामूहिक प्रयासबाट अगाडि जाने प्रकृयाको थालनी मात्र हो । यो केवल आवेशबाट उत्पति भएर त्यसै विलाएर जाने भावनाबाट उब्जेको विषयलाई ठोसरुपमा दिन हामी सबै आ–आफ्नो ठाउँबाट कृयाशिल भई यसको लागि हामीलाई समाजको रहेक तह र तह्पकाका समुदायहरुको हार्दिक स्नेह न्यानो माया सहयोग समर्थन र सुझावको लागि खाँचो रहन्छ । हामीले त्यहि रुपमा निरन्त्र यहाहरु सबैको भित्रि हृदयबाट सहयोग र समर्थन पाइरहने आशा एवं विश्वास लिइएका छौ ।
धन्यावाद