बागलुङ–पोखरा सडक अबरुद्ध पहिरोले मध्यपहाडी लोकमार्गको अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्ग अबरुद्ध भएको हो । बुधबार साँझदेखि परेको भीषण बर्षाका कारण सहर्षधारामा पनि पहिराेले बाटाे अवरूद्ध भएकाे छ । अहिले पहिरो खुलाउने प्रयास भएको मालढुङ्गा प्रहरी चौकीले जनाएको छ । नयाँ पुलमा गएको पहिरोले पहिरोले कालीगण्डकी रिभर रेष्टुरेन्ट पुरिएको छ । कालीगण्डकी किनारमा रहेको उक्त रेष्टुरेन्ट पुरिएको हो । खुर्कोट क्षेत्रबाट ठुलो भेलसंगै आएको लेदोले अहिले रेष्टुरेन्ट वरपरको क्षेत्र पुरिएको छ ।