आज बिहान कृस्तीमा एल.पी देवकोटा मेमोरियल विद्यालयको स्कुल बस दुर्घटनामा परेको छ। दुर्घटनाको समयमा बसमा २४ जना सवार थिए, जसमा २२ जना विद्यार्थी र २ जना स्टाफ सदस्य थिए।
प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा परेका एक जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ, जबकि बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। सबै घाइतेलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ।