कृस्तीमा आज बिहान भएको एक दर्दनाक स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ। एल.पी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटनामा परी विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको ज्यान गएको हो।
दुर्घटनाको समयमा बसमा २४ जना सवार थिए, जसमा २२ जना विद्यार्थी र २ जना स्टाफ सदस्य थिए।
प्रारम्भिक जानकारी अनुसार, एक विद्यार्थीको अवस्था गम्भीर रहेको छ, जबकि बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। सबै घाइतेलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ।
घटनास्थलमा प्रहरी र उद्धार टोलीले तत्काल उद्धार कार्य अघि बढाएका थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन, र यसबारे थप अनुसन्धान भइरहेको छ।