१७ साउन, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
विभागका अनुसार यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले स्थानीयबासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
आज देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने र धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।