गलकोट नगरपालिका–१०, पाण्डबखानीमा अवस्थित घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ।
क्लबका अध्यक्ष दिप घर्तिको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको छ।बैठकमा नियमित रूपमा बैठक बस्ने व्यवस्था गर्ने निर्णय गरिएको छ। साथै, वैशाख पूर्णिमा मेलाको व्यवस्थापन, हालसम्मका पदाधिकारीहरूको नाम लिखित रूपमा दर्ज गर्ने, प्लेक्स बोर्ड बनाइ टाँस्ने, र पदपूर्तिसम्बन्धी विषयमा विस्तृत छलफल गरियो।
बैठकले सदस्यता वितरणको प्रक्रिया पनि अघि बढाउने निर्णय गरेको छ। सदस्यहरूको सक्रिय सहभागिताले बैठकले निर्धारित एजेण्डाहरूमा सकारात्मक निष्कर्षमा पुगेको अध्यक्ष घर्तिले जानकारी दिए।
नयाँ कार्यसमितिले मञ्चको उद्देश्य अनुरूप अगाडि बढ्न र स्थानीय स्तरमा साँस्कृतिक तथा प्राकृतिक संरक्षणलाई प्रोत्साहन गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ।