काठमाडौँको सामाखुशीमा सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा परम्परागत मट्का फुटाउने प्रतियोगिता सम्पन्न भयो।
सामाखुशी युवा क्लबको आयोजनामा कपुरधारास्थित चिल्ड्रेन पार्कमा भएको यस प्रतियोगितामा झरीको बावजुद उत्साहपूर्वक सहभागिता जनाइएको थियो।

प्रतियोगितामा दुई समूह, निलो र रातो रिबन लगाएका टोलीबीच प्रतिस्पर्धा भयो, जसमा निलो रिबन लगाउने टोलीले जित हात पार्यो। क्लबका अध्यक्ष दीपेन्द्र केसीका अनुसार प्रतियोगितामा माटोको मट्का दहीले भरिएर डोरीमा झुण्ड्याइन्छ, जसलाई मानिसमाथि मानिस चढेर फुटाउने प्रचलन रहँदै आएको छ।

विसं २०५६ देखि हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा यस वर्ष पनि परम्परा निरन्तरता दिइएको हो।