गलकोट नगरपालिका–११, रिघामा आज साँझ करिब ४:३० बजे गोठमा आगलागी हुँदा गोठ र मकै जलेर क्षति भएको छ।

गोठधनि देवी सुनारको अनुसार बारीबाट मकै सार्ने क्रममा अचानक आगलागी भएको हो। आगलागीको समयमा गोठमा भैंसी रहेको थियो, जसलाई समयमै निकालेर सुरक्षित स्थानमा राखिएको छ, जसले गर्दा मानवीय क्षति टरेको छ।

आगलागीले गोठ र मकैमा क्षति पुर्याएको छ। भने स्थानीयहरु ती आगोलाइ नियन्त्रणमा लिएको छ।
