गलकोट नगरपालिका वडा नं ३ स्थित वि एण्ड वि चोकमा हिजो साँझ ट्याक्सीको ठक्करबाट दुई जना पैदल यात्री घाइते भएका छन्। ध १ च ९११ नम्बरको ट्याक्सीले सवा ७ बजे ठक्कर दिँदा गलकोट नगरपालिका वडा नं ३ हटियाका ३४ वर्षीय पुष्पा बस्नेत साहनी र २ वर्षीय यरीना साहनी घाइते भएका हुन्।
घटनामा ३४ वर्षीय बस्नेतको दायाँ खुट्टा र दायाँ हातमा चोट लागेको छ भने २ वर्षीय यरीना साहनीको दायाँ हातमा चोट लागेको छ। घाइते दुवैजनाको इमरजेन्सी पोलिक्लिनिकमा प्रारम्भिक उपचार पछि पोखरा रिफर गरिएको छ।
घटनामा संलग्न ट्याक्सी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।