ललितपुर, हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेपछि उपचाररत एक महिलाको निधन भएको छ।
अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हाम फालेकी ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान निधन भएको हो।
प्रहरीका अनुसार, तामाङ थाइराइडको क्यान्सरको उपचारका लागि साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्। घटनाको कारण खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ।