ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।
मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमा शनिबार मृत फेला परेको ललितपुर प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्। घटनाको अनुसन्धान भइरहेको छ।
यसैबीच, ललितपुर महानगरपालिका-१० कुपोण्डोलस्थित वाग्मती करिडोरमा करिब ३५ वर्षको एक पुरुषको शव पनि फेला परेको छ। मृतकको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।