धादिङको गजुरी गाउँपालिका-६ बेल्खुस्थित पृथ्वीराजमार्गमा माथिबाट आएको पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
बिहान ८ बजे खसेको लेदोसहितको पहिरोका कारण सवारीसाधनको आवागमनमा अवरोध आएको हो। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार, हाल सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाउने कार्य जारी राखेको छ। सम्बन्धित निकायले अविलम्ब सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।