आज भाद्र ३० गते इस्लाम धर्मावलम्बीहरूले वीरगञ्जमा मोहम्मद डे को अवसरमा हजारौंको संख्यामा भव्य र्याली निकालेर आफ्नो धार्मिक पर्व मनाए।

उत्सवको क्रममा विभिन्न इस्लामिक झण्डा, धार्मिक नाराहरू, तथा परम्परागत सांस्कृतिक प्रस्तुतिहरूका साथ र्याली सम्पन्न भएको थियो। सहभागीहरूले मोहम्मद साहेबप्रति श्रद्धा व्यक्त गर्दै शान्ति र एकताको सन्देश प्रवाह गरे। वीरगञ्जको विभिन्न मार्गहरूमा उत्सवमय वातावरण देखिनुका साथै, सुरक्षाका लागि विशेष व्यवस्था गरिएको थियो।
