गलकोट नगरपालिका ११ रिघास्थित श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयमा आज शिक्षा दिवसको अवसरमा “ज्ञान, बिज्ञान, सिप, उद्दम र मौलिक : साझेदारी र प्रणालीगत सक्षमता” मूल नाराका साथ विभिन्न शैक्षिक प्रतियोगिताहरूको आयोजना गरियो।

यहिँ असोज २ गतेका दिन आयोजित यस कार्यक्रममा विद्यार्थीहरूको विविध प्रतिभा प्रर्दशन गरियो।
कक्षा नर्सरी, LKG, र UKG का विद्यार्थीहरूलाई मिठाई दौड प्रतियोगितामा सहभागी गराइयो भने कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न गरियो। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले चित्रकला प्रतियोगितामा आफ्नो कला कौशल प्रस्तुत गरे।


त्यस्तै, कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो जसले शैक्षिक ज्ञान र सिर्जनशीलताको प्रर्दशन गर्यो।

यस कार्यक्रमले विद्यार्थीहरूलाई सिप, सृजनशीलता, र शैक्षिक ज्ञानलाई प्रोत्साहन गर्दै शिक्षा दिवसलाई उत्साहपूर्वक मनाइयो।

