धनगढी विमानस्थलमा शनिबार साँझ एक यात्रुको आकस्मिक मृत्यु भएको छ।
गोदावरी नगरपालिका-२ निवासी ५० वर्षीय शेरबहादुर बोहोराको काठमाडौं जाने क्रममा बोडिङ पास लिने क्रममा ढलेपछि उनको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहोराका अनुसार, ढलेर बेहोस भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।
प्रारम्भिक रिपोर्ट अनुसार उनको मृत्युको कारण हृदयघात भएको आशंका गरिएको छ। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।