विद्युतीय अपराधको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराउँदै, १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी गरेको छ।
भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंविरुद्ध एक महिलाले चरित्र हत्या भएको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोले बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई समेत पक्राउ गर्न अनुमति प्राप्त गरेको छ।

