भक्तपुर प्रहरी परिसरका डीएसपी मोहनमणि अधिकारीका अनुसार, दुर्गा प्रसाईंलाई पक्राउ गर्ने क्रममा राष्ट्र सेवक कर्मचारीलाई अवरोध गरेको आरोपमा झापाका ३८ वर्षीय पदम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले अवरोध गर्ने प्रयास गरेको आरोपमा श्रेष्ठविरुद्ध म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।
साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोलीले आइतबार मध्यपुर थिमी नगरपालिका–६, कमेरोटारस्थित घरबाट प्रसाईंलाई पक्राउ गरेको थियो। उनलाई रास्वपाकी एक नेतृले साइबर कसुरमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

