असोज १७ – राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्डमा सुख्खा पहिरो खसेर आज बिहानबाट यातायात अवरुद्ध भएको छ।
बिहान ९:१६ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्रीखोलामा माथिबाट आएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ। सडक खुलाउनका लागि सुरक्षाकर्मी र स्थानीय निकायले सक्रियता देखाइरहेका छन्। पहिरोका कारण यातायात ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन्।