*सुर्खेत, गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको माटो खन्ने क्रममा ढुंगाले च्यापिएर मृत्यु भएको छ। घर लिप्ने माटो संकलनका लागि खोलाको किनारमा पुगेकी वलीलाई बिहीबार माथिबाट खसेको ढुंगाले च्यापेको थियो। जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रन वीर विश्वकर्माका अनुसार, घटनापछि ज्योतीको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ।