देशका केही स्थानमा आज सोमबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।