बागलुङको ताराखोलामा पिकअप दुर्घटना भएको छ ताराखोला देखि गलकोट हटिया आउदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप ताराखोला गाउपालिका वडा नं ३ पिरेचा बगरदेखि केहि तल गए राती करिब १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ताराखोलाको करिमेलामा सञ्चालित परम्परागत असारे मेलाबाट १६ जना यात्रु लिएर फर्कदै गर्दा दुर्घटना भएको बताईएको छ । गाडी सडकबाट झण्डै ३० मिटर तल खसेको छ ।
गाडीमा सवार गलकोट नगरपालिका वडा नं ६ का प्रतिक श्रीस घाईते हुनुभएको छ । श्रीसको थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका अन्य घाइतेहरुको गलकोट नगर अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय जनाएको छ l

