गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज दिउँसो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
गलकोट नगरपालिका–३ को ग १ झ ७४३ नम्बरको भ्यान गलकोट–५ हरिचौरबाट हटिया आउँदै गर्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ। घाइते हुनेमा १८ वर्षीया सुस्मिता बि.क, १८ वर्षीया प्रमिला बि.क, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा रहेका छन्।
हाल उनीहरूको उपचार गलकोट नगर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण ओभरस्पिड भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

