राजधानीको ठमेलस्थित टाइगर ट्राभल्स एण्ड टुर्स (प्रा.) लि. ले नेपालभर यात्रा तथा भ्रमण गर्ने पर्यटक र यात्रुहरूका लागि सस्तो र सुविधाजनक दरमा सबै प्रकारका सवारीसाधन भाडामा उपलब्ध गराउने सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीका प्रबन्ध निर्देशक टेक पुन मगर का अनुसार अब टाइगर ट्राभल्समार्फत इलेक्ट्रिक मोटरदेखि पेट्रोल र डिजेल इञ्जिनमा आधारित साना–ठूला सबै खालका सवारीसाधन सजिलै भाडामा लिन सकिन्छ। “हामीसँग साना देखि ठूला सवारीहरूको विकल्प उपलब्ध छ। ग्राहकको रोजाइअनुसार मूल्य निर्धारण हुने भएकाले सेवा सबैका लागि सहज हुन्छ,” मगरले बताए।
नेपालभित्रको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै कम्पनीले ‘पहिला देश घुमौँ, अनि विदेश घुमौँला’ भन्ने नारासहित सेवा विस्तार गरेको जनाएको छ। इच्छुकले कम्पनीको कार्यालय ठमेल–१६, काठमाडौं मा उपस्थित भएर वा फोन/मेसेजिङ एपमार्फत जानकारी लिन र सवारी बुक गर्न सक्नेछन्।
सम्पर्क विवरण
फोन: 01-5368709, 5362395
मोबाइल: +977-9801065518, +977-9856065518
WhatsApp/Viber: +977-9851065518
इमेल: tekpuntiger@gmail.com
वेबसाइट: www.tigertravel.com.np

